वाणिज्य सचिवमा दुवाडी नियुक्त

काठमाडौं। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवमा नारायणप्रसाद दुवाडी नियुक्त भएका छन्। यसअघिका सचिव मधु मरासिनी निलम्बनमा परेपछि रिक्त रहेको स्थानमा दुवाडीलाई नियुक्त गरिएको हो । दुवाडीले आजदेखि कार्यभार सम्हालेका हुन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवारमा कात्तिक २३ गते बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सुदूरपश्चिम प्रदेश सरकारका प्रमुख सचिव दुवाडीलाई मन्त्रालयको सचिवमा सरुवा गर्ने … Read more

अर्थतन्त्रका सूचक सकारात्मक छन्, नेपालमा लगानी बढ्दैछ : अर्थमन्त्री

काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ मा सबैभन्दा धेरै विदेशी पर्यटकले नेपाल भ्रमण गर्ने बताउनुभएको छ । सोमबार नेपाली कांग्रेस पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै मन्त्री महतले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा लगानी विस्तारै बढ्दै गइरहेको बताउनुभयो । मन्त्री महतले नेपालमा अहिलेसम्मकै सबैभन्दा बढी विदेशी पर्यटक भित्रिने दाबी गर्नुभयो । उहाँले विदेशी … Read more

सन्दीपको मुद्दामा बहस नोट मगाउने आदेश

सन्दीपको मुद्दामा बहस नोट मगाउने आदेश, एकपछि अर्को इजलासले पन्छाउँदै काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको मुद्दामा जिल्ला अदालत काठमाडौंले बहस नोट मगाउने आदेश गरेको छ। न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले सरकार, निवेदक र अन्यसँग बहस नोट माग गर्ने आदेश गरेको हो। लामो समयदेखि सन्दीपको मुद्दा एकपछि अर्को इजलासले सुनुवाइ गर्नेभन्दा पन्छाउने हुँदै आएको छ। नेपाली … Read more

राष्ट्रपतिसँग चिनियाँ प्रतिनिधिमण्डलको शिष्टाचार भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वशासित क्षेत्रका सचिव वाङ जुनझेङले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । बिहीबार राष्ट्रपति भवनमा भएको भेटमा राष्ट्रपतिले हालै जाजरकोट र रुकुम पश्चिम जिल्लामा गएको विनाशकारी भूकम्पले ठुलो धनजनको क्षति हुँदा चीन र त्यहाँका जनताले प्रदान गरेको सहयोगका लागि आभार व्यक्त गर्नुभयो । साथै राष्ट्रपति पौडेलले विपद् पश्चताको … Read more

तिहार झिलिमिली पार्न ६० करोडको बत्ती आयात

काठमाडौं । तिहार सुरु हुनै लाग्दा बिजुली पसलहरुमा ग्राहको चहलपहल बढ्दै गएको छ । यो पर्वमा विभिन्न प्रकारका झिलिमिली बत्तीको व्यापार फस्टाउँछ । केही वर्षअघि लोडसेडिङ हुँदा झिलिमिली बत्तीको व्यापार न्यून भए पनि अहिले लोडसेडिङको अन्त्यसँगै व्यापार फस्टाएको छ । तिहारमा उच्च खपत हुने भए पनि नेपालमा झिलिमिली बत्ती उत्पादन हुँदैन । जसले गर्दा आयातमा … Read more

विराटनगर, मूलपानी र भरतपुरको क्रिकेट रंगशाला राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि बढ्ने

काठमाडौँ । सरकारले मोरङको विराटनगर, काठमाडौंको मूलपानी र चितवनको भरतपुर क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अगाडि बढाउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो। सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताएअनुसार, मन्त्रिपरिषद् बैठकमा नेपाली क्रिकेट खेलाडीले गरेको प्रदर्शनको विषयमा गम्भीरतापूर्वक छलफल भएको थियो।  

भूकम्पपीडितलाई कलाकर्मीको सहयोग

काठमाडौँ । जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई कलाकर्मीले सहयोग गरेका छन् । व्यक्तिगत तथा सङ्घसंस्थामार्फत सङ्कलित रकम भूकम्पपीडित जनताको पुनःस्थापना र राहतका लागि सरकारले स्थापना गरेको प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा जम्मा गरिएको छ। कलाकारको छाता संस्था नेपाल चलचित्र कलाकार सङ्घको तर्फबाट ३९ हजार ८३१ रुपैयाँ कोषमा जम्मा गरिएको अध्यक्ष मोहन निरौलाले जानकारी दिनुभयो । … Read more

जलविद्युतमा लगानी गर्न एसियन मुलुकका बैङ्कका सीईओलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले एसियन मुलुकका बैङ्कका प्रमुखकार्यकारी अधिकृत (सिइओ) हरूलाई नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको छ । बिहीबार काठमाडौँमा भएको ३९औँ एसियन बैंकर्स एसाेसिएसनको जनरल मिटिङ एण्ड कन्फ्रेन्सलाई सम्बोधन गर्नुहुँदै अर्थमन्त्री महतले यस्तो बताउनुभएको हो । अर्थमन्त्री महतले नेपालको जलविद्युत क्षेत्रमा लगानी गरे सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । … Read more

प्रधानमन्त्री र मन्त्रीले भूकम्पपीडितलाई एक महिनाको पारिश्रमिक दिने

काठमाडौं । सरकारले प्रधानमन्त्रीलगायत मन्त्रिपरिषद्का सबै सदस्यको एक महिनाको पारिश्रमिक भूकम्प पीडितलाई उपलब्ध गराउने निर्णय गरेको छ । बिहीबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले इन्धनमा लगाउँदै आएको पूर्वाधार शुल्कमध्ये पाँच रुपियाँ प्रतिलिटर बुढीगण्डकी … Read more

लोकतन्त्रमा जिम्मेवार सरकारको अनुभूत हुने गरी काम गर्न राष्ट्रपतिको आग्रह

जाजरकोट । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रमा जिम्मेवार सरकार कस्तो हुन्छ भन्ने अनुभूती हुनेगरी भूकम्प प्रभावितहरुलाई आवश्यक अल्पकालीन र दीर्घकालीन योजना बनाएर काम गर्न जनप्रतिनिधहरुलाई आग्रह गर्नुभएको छ । जाजरकोट केन्द्रविन्दु भएर शुक्रबार राति गएको विनाशकारी भूकम्प प्रभावित क्षेत्रको अवस्था बुझ्न मङ्गलबार जाजरकोट पुग्नुभएका राष्ट्रपति पौडेलले जाजरकोटमा जनप्रतिनिधि, सर्वसाधारण र भूकम्प प्रभावितहरुसँगको छलफलमा अहिले नै सबै … Read more