सन्दीपको मुद्दामा बहस नोट मगाउने आदेश

सन्दीपको मुद्दामा बहस नोट मगाउने आदेश, एकपछि अर्को इजलासले पन्छाउँदै काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको मुद्दामा जिल्ला अदालत काठमाडौंले बहस नोट मगाउने आदेश गरेको छ। न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले सरकार, निवेदक र अन्यसँग बहस नोट माग गर्ने आदेश गरेको हो। लामो समयदेखि सन्दीपको मुद्दा एकपछि अर्को इजलासले सुनुवाइ गर्नेभन्दा पन्छाउने हुँदै आएको छ। नेपाली … Read more

विराटनगर, मूलपानी र भरतपुरको क्रिकेट रंगशाला राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि बढ्ने

काठमाडौँ । सरकारले मोरङको विराटनगर, काठमाडौंको मूलपानी र चितवनको भरतपुर क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अगाडि बढाउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो। सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताएअनुसार, मन्त्रिपरिषद् बैठकमा नेपाली क्रिकेट खेलाडीले गरेको प्रदर्शनको विषयमा गम्भीरतापूर्वक छलफल भएको थियो।  

नेपाल र यमनबिचको विश्वकप छनोट खेल मंसिरमा हुने

काठमाडौं । विश्वकप छनोट समूह चरणको दोस्रो खेल नेपालले यमनसँग खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले पत्रकार सम्मेलनमा बताएअनुसार आगामि मंसिर ५ गते बेलुकी ७ बजे काठमाडौंको दशरथ रंगशालामा खेल हुनेछ। यसअघि नेपालले यूएईसँग घरेलु मैदान यूएईमामा समूह चरणको पहिलो खेल कात्तिक ३० गते खेल्नेछ। नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक … Read more

खेलाडीलाई ५० लाख पुरस्कार दिने क्यानकाे निर्णय

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले विश्वकप क्रिकेटमा पुर्याउन सफल भएका राष्ट्रिय टोलीका खेलाडीलाई ५० लाख रुपैयाँ पुरस्कार दिने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) को सोमबार बसेको बोर्ड बैठकले खेलाडीहरुले उक्त पुरस्कार पाउने घोषणा गरेको हो । क्यानका अनुशार महिला टोलीले हङकङमा हुने चार देशसम्मिलित ट्वान्टी २० अन्तर्राष्ट्रिय सिरिज खेल्ने बताएको छ … Read more

मुख्यमन्त्री गोल्ड कप: दुधौलीलाई ४-१ ले पराजित गर्दै आर्मी फाइनलमा प्रवेश

खजुरा । बाँकेको कोहलपुरमा जारी ‘मुख्यमन्त्री कोहलपुर गोल्ड कप प्रतियोगिता २०८०’ मा दुधौली स्पोट्र्स क्लब सिन्धुलीलाई पराजित गर्दै त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौँ फाइनलमा प्रवेश गरेको छ । कोहलपुरस्थित तेह्र बिगाह खेल मैदानमा सोमबार भएको खेलमा त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौँले दुधौली स्पोट्र्स क्लब सिन्धुलीलाई ४—१ गोलको अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश … Read more

प्रधानमन्त्री प्रचण्डद्वारा ओमानलाई ट्रफी प्रदान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइसिसी ट्वान्टी २० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिताको विजेता ओमानलाई ट्रफी प्रदान गर्नुभएको छ । आइसिसी ट्वान्टी २० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिताको उपाधि ओमानले जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार भएको फाइनलमा नेपाललाई सुपर ओभरमा पराजित गर्दै ओमानले उपाधि हात पारेको हो । क्रिकेट … Read more

नेपाल सुपर ओभरमा निराश

काठमाडौं । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा उपस्थित हजारौँ समर्थकलाई निराश पार्दै घरेलु टिम नेपाललाई सुपर ओभरमा हराएर ओमान आइतबार आइसिसी टी-२० विश्वकप एसिया क्वालिफायर च्याम्पियन बनेको छ । टस जितेपछि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा १८४ रन बनाएको थियो । ओमानले जवाफमा नौ विकेटको क्षतिमा १८४ रननै बनायो । त्यसपछि … Read more

नेपाल क्रिकेट संघको सचिवमा पारस खड्का

काठमाडौं । नेपाल क्रिकेट संघको सचिवमा पूर्वखेलाडी पारस खड्का निर्वाचित भएका छन् । शनिबार भएको मतदानमा निवर्तमान कार्यवाहक सचिव प्रशान्तबिक्रम मल्ललाई पराजित गर्दै पारस निर्वाचित भएका हुन् । कुल ८५ मतदाता रहेकामा पारसले ४८ र प्रशान्तले ३७ मत पाए । पारस क्यानको बागमती प्रदेश क्रिकेट संघको पनि अध्यक्ष हुन् । क्यानका अरु पदाधिकारीहरु अध्यक्षमा चतुरबहादुर … Read more

झापाबाट दुई प्रतिनिधि आएपछि क्यानको अधिवेशनमा विवाद

नेपाल क्रिकेट संघको क्यानको साधारण सभामा झापा जिल्ला क्रिकेट संघबाट दुई प्रतिनिधि आएपछि विवाद भएको छ । झापा जिल्ला क्रिकेट संघबाट मनोज कटुवाल र लाक्पा लामा फरक फरक माइन्युटसहित प्रतिनिधि बनेर आएका छन् । दुवै पक्षले आफू आधिकारिक प्रतिनिधि भएको दाबी गरेपछि विवाद भएको हो । यो विवादका कारण साधारणसभामा लेखा परीक्षण प्रतिवेदनसमेत पेश हुन … Read more