वाणिज्य सचिवमा दुवाडी नियुक्त

काठमाडौं। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवमा नारायणप्रसाद दुवाडी नियुक्त भएका छन्।

यसअघिका सचिव मधु मरासिनी निलम्बनमा परेपछि रिक्त रहेको स्थानमा दुवाडीलाई नियुक्त गरिएको हो । दुवाडीले आजदेखि कार्यभार सम्हालेका हुन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवारमा कात्तिक २३ गते बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सुदूरपश्चिम प्रदेश सरकारका प्रमुख सचिव दुवाडीलाई मन्त्रालयको सचिवमा सरुवा गर्ने निर्णय गरेको थियो ।

सचिव मधु कुमार मरासिनी निलम्बनमा परेसँगै रिक्त रहेको सचिव(वाणिज्य) मा महिना दिनपछि दुवाडी आएका हुन् ।

दुवाडी २०७९ भदौ ६ गते सचिवमा बढुवा भएका थिए । सचिवमा बढुवा भएसँगै उनलाई सुदूरपश्चिम प्रदेशको प्रदेश प्रमुख सचिवका रुपमा खटाइएको थियो ।

Leave a Comment